जातीय समुदायबारे विवादास्पद अभिव्यक्ति दिने पाण्डेविरुद्ध जाहेरी

काठमाडाैं | साउन १०, २०८०

जातीय समुदायबारे विवादास्पद अभिव्यक्ति दिने पाण्डेविरुद्ध जाहेरी

काठमाडौँ : तामाङ, मगर, मुस्लिम लगायत समुदायको विवाह संस्कारबारे विवादास्पद अभिव्यक्ति दिने अधिवक्ताविरुद्ध नेपाल तामाङ घेदुङले प्रहरीमा जाहेरी दिएको छ ।

 

जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८, मुलुकी अपराध संहिता २०७४ विपरीत कसुर गरेको भन्दै गुल्मीकी अधिवक्ता भगवती पाण्डेविरुद्ध घेदुङका कार्यवहाक अध्यक्ष कुमारसिंह घिसिङले काठमाडौं जिल्ला प्रहरी कार्यालयमा मंगलबार जाहेरी दर्ता गरेका हुन् ।

 

अधिवक्ता पाण्डेले एक टेलिभिजन कार्यक्रममा हाडनाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजुबहिनीबीच हुने विवाहबारे घृणा फैलाउने अभिव्यक्ति दिएकी थिइन् ।

 

जाहेरीमा अभिवक्ता पाण्डेसहित कार्यक्रम प्रस्तोता दिक्पाल कार्की र कार्यक्रम प्रसारण गर्ने टेलिभिजनलाई विपक्ष बनाइएको छ । उक्त जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्तासमेत भइसकेको तामाङ घेदुङका कार्यवहाक महासचिव जगतमान लामाले जानकारी दिए ।

 

 

Seetal Pandey

भगवती पाण्डे

संघले टेलिभिजनलाई पनि विपक्षी बनाएको छ ।

 

कुनै समुदायको सामाजिक मान्यता, सांस्कृतिक मुल्य माथि चोट पुग्ने गरी र जातिय घृणा उत्पन्न हुने कुनै सामग्री प्रशारण पत्रकार आचार संहिता विपरित भएको कारण टेलिभिजनलाई विपक्षी बनाइएको हो ।

 

प्रेस काउन्सिल नेपालद्धारा जारी पत्रकार आचारसंहिता, २०७३ मा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामको दोस्रो बुँदामा भनिएको छ, ‘पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्